मिडफिल्डर जाभी स्पेनिस क्यालान बार्सिलोनाको कप्तान भएका छन् ।

३४ वर्षीय जाभीले कार्लोस पुयोलको स्थान लिने क्लबले घोषणा गरेको हो । उनले हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । पहिलो टिमका सदस्यहरुको मतका आधारमा जाभीलाई कप्तानको जिम्मा दिइएको हो ।

आन्द्रे इनिष्टा उपकप्तान बनेका छन् । उनी पछाडि लिओनल मेस्सी र सर्जिओ बुस्केट पनि रहेका छन् । यसअघि पुयोलपछि जाभी र गोलकिपर भिक्टर भालडेस थिए । तर, भाल्डेसले क्लब छाडेका छन् ।
ला लिगामा ५०० खेल नजिक रहेका जाभीले आफ्नो सम्पूर्ण करियर बार्सिलोनामा बिताएका छन् । उनले सन् १९९८ मा डेब्यू गरेका थिए ।

Comments

comments