काठमाडौं । आईसीसीका सिइओ डेभिड रिर्चाडशन नेपाल आउँने भएका छन् । उनी आइतवार काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाली क्रिकेटमा देखिएको पछिल्लो बिबाद समाधानका लागि आईसीसीका सिइओ सहित उच्च पदाधिकारीको नेपाल आउन लागेका हुन् । एसोसिएट प्रमुख ईमरान ख्वाजा र डेभलोपमेन्ट अफिसर अमर शेख भने आजै नेपाल आइपुग्नेछन् । एसोसिएट प्रमुख ख्वाजा र अफिसर शेख आज राती नेपाल आईपुग्ने कार्यक्रम छ । टोलीले नेपाली क्रिकेटका सरोकारबाला निकायसंग छलफल गरी ठोस निर्णय भने आईसीसीको बोर्ड बैठकबाट गर्नेछ । ९ जनाको सदस्य रहेको टोलीका केही सदस्य यसअघि नै नेपाल आईसकेका छन् ।

आईसीसीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रीपाईलीसंग भेट गर्नेछ । पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि आईसीसीले दोश्रो पटक नेपाली क्रिकेटको समस्या समाधानमा चासो राखेको हो ।

Comments

comments