एउटा व्यक्ति विरुद्ध कतिवटा मुद्दा चल्न सक्लान ? यो प्रश्नको कानुनी उत्तर भेटिँदैन  । कानुनले मुद्दाको कुनै सीमा तोकेको छैन् । एक व्यक्तिविरुद्ध फरकफरक अभियोगमा एक दर्जनसम्म मुद्दा चलेको इतिहाँस र तथ्य अदालतहरुमा पाइन्छ । तर, एउटै ब्यक्तिविरुद्ध समान अभियोगका ३२ मुद्दा चलेका छन् ।

अन्य अपराधमा नभई चोरी अभियोगमा नेपाल प्रहरीका पुर्व हवल्दारसमेत रहेका बाँकेका हेमराज गिरीविरुद्ध जिल्ला अदालत काठमाडौ ३२ मुद्दा दर्ता भएका छन् ।
गिरीविरुद्ध अन्य चोरी नभई सुनचोरीका मात्र ३२ मुद्दा दर्ता भएका छन् । उनले प्रहरी हवल्दारसम्मको सुन चोरेको अभियोग छ ।

सरकारी वकिलको कार्यालय काठमाडौले एकै व्यक्ति उपर चलेका ३२ वटा मुद्दा त्यो पनि सुनचोरी मात्र मिसिल लिएर अदालत पुगेपछि कर्मचारीहरु चकित भएका थिए ।  बयानका लागि मिसिलको चाङ डोरीले कसेर इजलासबाट फाँटसम्म पुर्याउँदैमा कर्मचारी हैरान छन् ।

पहिले नेपालमा प्रहरी कार्यरत २८ बर्षीय गिरी तीन बर्षदेखि काठमाडौको बाफलमा बस्दै आएका थिए । सुनचोरीबाटै उनी लखपति समेत भएका थिए । उनले सुनचोरीबाट मासिक ३० हजार भाडामा प्लाटलिई बसिरहेका थिए ।

Comments