मेलबर्न । हिन्दू नारीहरुको महान पर्व हरीतालिका तीजको उपलक्ष्यमा अष्ट्रेलियाको भिक्टोरियाको क्रमडाउनमा रहेको शिवविष्णु मन्दिरमा जाने नेपाली चेलीहरुका लागि निशुल्क यातायात सेवाको व्यवस्था हुने भएको छ । प्रवासी नेपाली मञ्च,ओएनएफ भिक्टोरियाले तीजको अवसरमा शुभकामना सहित निशुल्क निशुल्क यातायत सेवाको व्यवस्था मिलाएको हो ।

आफ्नो मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना र प्रवद्र्धन गर्नुपर्ने मान्यताका साथ अष्ट्रेलियामा रहेका नेपाली चेलीहरुले पनि तीज पर्वलार्य उत्तिकै हर्षोल्लासका साथ भव्य रुपमा मनाउँदै आएका छन् । तीजका दिन व्रत बस्ने र महादेवको दर्शनका लागि मेलबर्नका चेलीहरु क्रमडाउनमा रहेको शिवविष्णु मन्दिरमा जाने गर्दछन् । त्यसैले तीजको मूख्य दिन आगामी आइतवार शिवविष्णु मन्दिरमा जाने चेलीहरुका लागि ओएनएफले निशुल्क यातायत सेवाको व्यवस्था मिलाएको जनाएको छ ।

सेप्टेम्वर ४ तारिख आइतबारका दिन बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म डेन्डीनङ ट्रेन स्टेसनबाट शिवबिष्णु मन्दिर क्रमडाउनसम्म निशुल्क यातायत सेवाका साथै फलपूmल र पानीको व्यवस्था समेत मिलाउने भएको प्रवासी नेपाली मञ्च भिक्टोरियाले जानकारी गराएको छ ।

Comments

comments