हिन्दू नारीहरुको महान चाड तीजको अवसरमा अष्ट्रेलियामा पनि विशेष कार्यक्रम हुने भएको छ ।

यही अगष्ट २४ तारिखमा दि थर्नीबरी थियटरमा हुने तीज सेलेब्रेशन–२०१४ नामक उक्त कार्यक्रममा तीज विशेष श्रृंगारका साथमा नाच्ने गाउँने कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना नेपालिज एसोसियन अफ भिक्टोरियाले गर्न लागेको हो । त्यस्तै यो कार्यक्रम एइसिसि ग्लोबल इजुकेशन भिसाजले प्रस्तुत गर्नेछ ।

साँझ ५ : ३० बजेदेखि सुरु हुने तीज सेलेब्रेशन–२०१४ मा नाच्ने गाउँने र रमाउँने सिलसिला राति ११ बजेसम्म जारी रहनेछ । कार्यक्रममा सहभागी बन्न आयोजकले १० डलरको प्रवेश टिकटको व्यवस्था गरेको छ । बच्चाहरुका लागि भने कुनै शुल्क लाग्ने छैन ।

टिकट बुकिङ गर्न अथवा कार्यक्रमकाबारे तपाईलाई केही जानकारी लिनु छ भने दीपा राईलाई ०४११३१६४१४ मा फोन गर्न सक्नुहुनेछ ।

हिमालयन कंगारु डट कमले सो कार्यक्रमको मिडिया पार्टनरको रुपमा सहकार्य गरेको छ ।

Please follow and like us:

Comments