काठमाडौं । थरुहट थारुवान संयुक्त संर्घष समितिले १ महिने लामो संर्घषको कार्यक्रमको घोषणा गरेको छ ।

राजधानीमा २ दिनसम्म चलेको संर्घष समितीको भेलाले आगामी असोज १४ गतेसम्मका लागी बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको संर्घर्ष समितीका नेता किशोरकुमार बिश्वासले जानकारी दिनुभयो । आफुहरुको १३ बुँदे माग पुरा गर्न सरकार संबेदनशील नभएको आरोप लगाउँदै समितिले मधेश आन्दोलनको छानबिनका लागि गठित समिति आफुहरुलाई मान्य नहुने बताएको छ ।

घोषित कार्यक्रम अनुसार भदौ २४ देखी २९ गते सम्म मेचीदेखि महाकालीसम्म जिल्ला भेला गर्ने, संबिधान जारी भएको असोज ३ गते बिभिन्न १० स्थानमा बिरोध सभाको आयोजना गर्ने रहेको बिश्वासले जानकारी दिनुभयो ।

त्यस्तै असोज ७ गते थारु महिलाहरुले मनाउने जितिया पर्वलाई पनि आन्दोलनकै रुपमा मनाउने समितिले निर्णय गरेको छ ।

Comments

comments