एजेन्सी । हालसालै चीनमा एउटा अचम्म लाग्दो घटना बाहिर आएको छ । सुन्दा पनि धेरैलाई पत्यार नलाग्न सक्छ चीनको हुनान प्रान्तकी एक युवतीले गर्भवती भएको १७ महिनापछि एक सन्तानलाई जन्म दिएकी छन् ।

समाचार एजेन्सीहरुका अनुसार सन् २०१५ को फ्रेबुअरीमा उनको गर्भ रहेको थियो । त्यसको ५ सय १७ दिन अर्थात १७ महिना वितेपछि मात्र सन्तान जन्माउन सफल भइन् । वाङ सी नाम गरेकी ती युवतीको पेटमा गर्भ रहेको ठीक नौ महिनापछि अर्थात गतवर्षको नोभेम्बरमै उनी अस्पाल पुगेकी थिइन् तर चिकित्सकहरुले सालनालको विकास नभएको भन्दै उनर्लाइ फर्काइदिएका थिए । पछि फेरी १४ महिनापछि अस्पताल पुगिन तर त्यो बेला पनि चिकित्सकहरुले बच्चा जन्माउने समय आइनसकेको भन्दै फर्काएका थिए ।

त्यसपछि गत अगष्टमा १८ मा अर्थात बच्चा गर्भमा रहेको १७ महिनापछि ३ किलो ८ सय ग्रामको स्वस्थ बच्चा जन्माएर विश्वमै लामो गर्भाधान गरेकी महिलाका रुपमा रेकर्ड बनाएकी छिन् । यस अघि सन् १९४५ मा अमेरिकाकी एक युवतीले ३ सय ७५ दिनपछि बच्चा जन्माएकी थिइन् ।

वाङ सीले आफूले गर्भ बोेकेको १७ महिनापछि बच्चा जन्माएको हो भन्नका लागि अस्पतालले दिएका केही कागजी प्रमाणहरुसमेत सार्वजनिक गरेको समाचार एजेन्सीहरुले बताएका छन् ।

Comments

comments