मेलबर्न । जब बज दशैं नजिक आउँछ मौसम नै छुट्टै बनिदिन्छ । सिरसिर चल्ने हावा,सफा र निलो आकाश । अनि यही मौसमको सदुपयोग गरेर केटाकेटी र वयस्क सबैले उडाएका रंगीविरंगी चङ्गाहरुले दशैं पर्वलाई साँच्चिकै महान बनाइदिन्छ । देशभन्दा बाहिर हुनेहरुले दशैंमा सबैभन्दा बढी मिस गर्ने कुराहरु यही हुन् । यही कुरालाई मध्यनजर राख्दै अष्ट्रेलियाको मेलबर्नमा यसपटकको दशैंमा नेपाल काइट फेष्टिबल हुने भएको छ ।

आगामी अक्टुबर १६ मा नर्थकोटस्थित अलनेशनस् पार्कमा हुने नेपाल काइट्स फेष्टिबलमा चङ्गा उडान प्रतियोगीता सबैभन्दा आकर्षक पक्ष रहने आयोजकको विश्वास छ । सोही कार्यक्रममा पूजा र आराधनाका साथै दशैं टीकाको समेत व्यवस्था गरिएको छ । साथमा खानाका स्टलहरु,सांस्कृतिक कार्यक्रम,डिजे म्यूजिक र डान्सले महोत्सवको रौनकता बढाउँनेछ । दशैं भनेपछि बालबालिकाहरुलाई छुटाउँने कुरै भएन । त्यसैले यो महोत्सवमा पनि बालबालिकाहरुलाई फन गेम्स र विभिन्न गतिविधिहरु समावेश गरिनेछ ।

सोलाङ्चरको आयोजनामा हुन लागेको यो नेपाल काइटस् फेष्टिबल २०१६ लाई नेप्लीज एसोसियसन अफ भिक्टोरियाको समेत सहकार्य रहनेछ । पूर्ण रुपमा पिकनिकमय वातावरणमा सम्पन्न हुने फेष्टिबलमा आउँने सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरिने बताइएको छ

Comments

comments