मेलबर्न । अष्ट्रेलिया सरकारले विद्यार्थी भिसाको प्रोसेसिङ प्रक्रियामा गर्न लागेको नयाँ परिवर्तनको निर्णय स्थगित गरेको छ ।
तत्कालका लागि स्थगित गरिएको यो निर्णय खारेज समेत हुनसक्ने बताइएको छ । सरकारको यो निर्णयले अष्ट्रेलियाको तेस्रो सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको शैक्षिक क्षेत्र प्रभावित हुने भएको छ । विदेशी विद्यार्थीहरुबाट हुने झण्डै १८ं५ अर्ब डलर आम्दानी अष्ट्रेलिया सरकारले गुमाउने खतरा बढेको विज्ञहरु बताउँछन् । सरकारले यही जुन १ बाट लागू हुने भनिएको सिम्प्लीफाइड स्टुडेन्ट भिसा प्रोसेसिङको निर्णय कार्यान्वयनमा ढिलाइ भएको थियो । यहीबीचमा अष्ट्रेलिया सरकारले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो । सरकारको यो ढिलाइबाट विशेष गरि चिनीयाँ विद्यार्थीहर बढी प्रभावित भएका थिए ।
अष्ट्रेलिया सरकारले भिसा दिन ढिलाइ गरिरहँदा अष्ट्रेलिया पढ्न आउँनका लागि सम्पूर्ण प्रोसेस सकाएर बसिरहेका विद्यार्थीहरुको भिसा अन्यौलमा परेको छ । यसबाट उनीहरुको शैक्षिक भविष्यमाथि नै प्रश्नचिन्ह उठेको भन्दै अष्ट्रेलियाका कलेज र विश्वविद्यालयहरुले सरकारको आलोचना गरेका छन् ।
सरकारले विगत केही समयदेखि अष्ट्रेलियामा विश्व विद्यालयमा डिग्री अध्ययन भन्दा अघि अँग्रेजी अध्ययन गर्न भिसाका लागि आवेदन दिएका सयौं विद्यार्थीहरुको भिसा रोक्का गरेको हो ।

Comments

comments