काठमाडौं । गीतकार योगेन्द्रमणी दाहालले आफू कार्यरत कम्पनीबाट २५ करोड हिनमिना गरेको रहस्य खुलेको छ । पञ्चकन्या ग्रुपमा कार्यरत गीतकार दाहालको कर्तुतको रहस्योद्घाटन भएसँगै हाल उनी अर्धभूमिगत भएका छन् ।

उनी गीतकार संघका अध्यक्ष समेत हुन् । यता उनी कार्यरत पञ्चकन्या गु्रपका प्रमुख प्रदीपकुमार श्रेष्ठलाई योगेन्द्रमणीले गरेका उप्रदोको कारण हिसावकिताव मिलाउँन टाउको दुखाइ बनेको छ । त्यसैले उनले योगेन्द्रमणीको उपद्रोको विवरण खोज्न चार्चार जना अडिटर नै खडा गरेका छन । प्रदीपका अनुसार ‘योगेन्द्रमणीले गरेका फर्जी,कीर्ते बिल भर्पाइका कागजहरु जति पल्टाउदै गयो उति नयाँ नयाँ फर्जि विलहरु भेटिएका छन् ।’कतिसम्म भने दश लाखको हिसाबमा नौ लाख नब्बे हजार आफ्नै गोजीमा हालेर बाँकी १० हजार मात्र कम्पनीको देखाइएको डरलाग्दो विवरण समेत फेला परेको छ ।

गीतकार संघका अध्यक्ष रहेका योगेन्द्रमणी दाहालले पञ्चकन्या गु्रपकै पैसा हिनामिना गरी गीतकार रत्नशमशेर थापा,किरण खरेल जस्ता दिग्गज हस्तिहरुलाई पुरस्कृत गरेको रहस्य अहिले सतहमा आएसँगै यी हस्तिहरु समेत नैतिक संकटमा परेका छन् ।

यता,योगेन्द्रमणीले पञ्चकन्या गु्रपको पैसा हिनामिना गरी पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको नाममा केही दिन अगाडि मात्र ‘रागिनी ’ नामक एल्वम प्रधानमन्त्रीकै हातबाट विमोचन गराएर शक्ति केन्द्रसँग नजिकिएका छन् ।

तर पञ्चकन्याका प्रदीप भने योगेन्द्रमणी विरुद्ध जालसाची र रकम हिनामिना गरेको अभियोगमा मुद्धा दायर गर्ने तयारी गरिरहेका छन ।

Comments

comments