मेलबर्न । नेपालका युवा पुस्ताकी चर्चित गायिका ईन्दिरा जोशीले अष्ट्रेलिया आउँने भिसा पाएकी छिन् ।

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले पनि गायिका ईन्दिरासँगै अष्ट्रेलियाको भिसा लिएका छन् । अब उनीहरु दुवै जना आउँदो महिना दशैं मनाउँन अष्ट्रेलिया आउँनेछन् ।

यही सेप्टेम्वर २५ मा मेलबर्नमा हुन लागेको दशैं साँझमा सहभागी बन्न कलाकारद्धय जोशी र गजुरेल अष्ट्रेलिया आउँन लागेका हुन् । दशैं साँझ २०१६ मेलबर्नका साथै अष्ट्रेलियाका विभिन्न राज्यहरुमा समेत हुनेछ ।

आगामी सेप्टेम्वर २५ का दिन मेलबर्नस्थित इष्टोनियन हाउसमा हुने दशैं साँझलाई टीडब्लुजीजीले प्रायोजन गर्दैछ ।

दशैं साँझ २०१६ लाई मेलबर्नमा नमस्ते इभेन्ट्सले आयोजना गर्न लागेको हो । यो कार्यक्रममा थुप्रै यहाँका स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

dashai

Comments

comments