मेलबर्न । योग म्याराथनमा विश्व कीर्तिमान बनाएका नेपालका उत्तम मोक्तान अष्ट्रेलियामा सम्मानित भएका छन् ।

उनलाई साउथ अष्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले सम्मान प्रदान गरेका हुन् । नेपाली भाषी भुटानी समुदायले एडिलेड शहरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री बेटिसनले मोक्तानलाई सम्मानित गरेका हुन् ।

कीर्तिमानी मोक्तानलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गर्दै मन्त्री बेटिसनले नेपालबाट योगमा विश्वकीर्तिमान बनाउने मोक्तानजस्ता व्यक्तित्व अष्ट्रेलिया आएकोमा आफूलाई खुसी लागेको बताए ।

कीर्तिमानी मोक्तानले संस्कृतिमन्त्रीबाटै सम्मानित हुन पाउँदा नेपाल र सम्पूर्ण नेपाली समुदाय नै सम्मानित भएको महसुस भएको बताए ।

कार्यक्रमको संयोजन भुटानिज अष्ट्रेलिया एसोसिएसन अफ साउथ अष्ट्रेलियाले गरेको थियो ।

मोक्तानले नेपालमा ५० घण्टा १५ मिनटसम्म लगातार योग गरी योग म्याराथनको विश्व कीर्तिमान कायम गरी गिनिज प्रमाणपत्र प्राप्त गरेका थिए ।

Comments

comments