काठमाडौं । प्रहरीको सीआइबी ब्यूरोले अर्को नक्कली पाइलट राजधानीबाट पक्राउ गरेको छ ।

केही समयदेखि अपरेशन ह्वाक सञ्चालन गर्दै आएको सीआइबीले बुद्ध एयरका पाइलट स्वच्छन्द घलेलाई आइतवार प्रहरीले सार्वजनिक गरेको हो । उनलाई भदौ ८ गते प्रहरीले डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो । उनको आईएस्सीको सर्टिफिकेट नक्कली भएको सीआईबीको दाबी छ ।

सीआइबी प्रमुख नवराज सिलवालले नक्कली सर्टिफिकेटधारीहरु विरुद्धको अपरेशन ह्वाक जारी रहेको बताए ।

Please follow and like us:

Comments