काठमाडौ । । प्रधानमन्त्री पुष्पकमल दाहालले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताउनुभएको छ ।

बारपाकका भूकम्प प्रभावितहरूको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले दाहालले ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनर्निर्माण र नवनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले नै चिनेकोले अब यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन सरकारले पुरै सहयोग र साथ दिने उहाँको कथन थियो ।

जिल्लाका सांसदसहित आएको टोलीले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिंदै ज्ञापनपत्र समेत पेश गरेको थियो ।

Comments

comments