टोक्यो । जापानमा यो वर्षको अघिल्लो ६ महिनामा करिब १८ सय जनाले शरणार्थी भिसाका लागि आवेदन दिएका छन् ।

विद्यार्थी,कुक र पर्यटन भिसामा गएका नेपालीहरुले जापानमा स्थायी बसोबासको चाहनामा शरणार्थी भिसाका लागि आवेदन दिने प्रवृत्ति बढ्दै गएको छ । गत वर्ष ५ हजार नेपालीले यस्तो भिसाका लागि आवेदन दिएका थिए । जापानमा शरणार्थी भिसा पाइसकेपछि त्यहीको नागरिक सरह सेवा,सुविधा उपलब्ध हुने भएकोले पछिल्लो समयमा शरणार्थी भिसामा आवेदन दिनेको संख्या बढेको छ ।

यो वर्षको ६ महिनामा १८ सय जना नेपालीले यस्तो आवेदन दिएकोमा यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणार्थी आवेदनभन्दा धेरै हो ।
शरणार्थी भिसामा आवेदकको संख्या बढेपछि जापान सरकारले थप कडाइ गर्ने योजना बनाएको छ ।

Comments

comments