विशेष । मृत्यु सबैका लागि अप्रिय नै हुन्छन् । आफन्त नै नभए पनि मृत्युको खबर सुनेर हरेक व्यक्तिको मनमा शोकको भावना स्वतः जागृत हुन्छ,यो मानवीय संवेदनाको उपज हो । अझ समाजमा चिनिएका र लोकप्रिय व्यक्तिहरुको निधनको खबर सिंगो समुदाय र देश नै शोकाकुल बन्छन् । जस्तो लोकप्रिय गायक खेमराज गुरुङको निधनले संगीत क्षेत्र मात्र होइन सिंगो मुलुक नै यतिखेर शोकाकुल बनिरहेका छन् ।

वारि जमुना,पारि जमुना जस्ता सदाबहार गीत गाएर खेमराजले नेपाली श्रोता दर्शकहरुको मात्र होइन विदेशी श्रोता दर्शकहरुको मनमा समेत राज गरेका छन् । उनको यो गीतलाई रेशम फिरिरि पछिको सर्वाधिक लोकप्रिय र जनप्रिय गीत मानिन्छ ।

उनै गायक खेमराजको विहीवार साँझ निधन भएको छ । पछिल्लो समय रक्सीका कारण पुनस्थापना केन्द्रको सहारासम्म लिनपरेका गायक गुरुङको मृत्युको कारण त्यही रक्सी भयो । उनको अन्तिम अन्त्येष्टि आइतवार हुँदैछ । त्यसभन्दा अघि उनको पार्थिव शरीरलाई प्रज्ञा प्रतिष्ठान कमलादीको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिनेछ । स्वर्गीय गायक खेमराज अमेरिकामा हुने एक कार्यक्रमको तयारीमा थिए । त्यसका लागि उनको भिसा समेत लागिसकेको थियो ।,

स्वर्गीय खेमराजको अन्त्येष्टि समेत हुन बाँकी छ । तर उनको मृत्युको बारेमा कडा अभिव्यक्ति दिएर एक जना युवती भने यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेर छाएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा रीता सिलवाल ह्याण्डल एकाउन्ट भएका ती युवतीले गायक गुरुङका बारेमा पचाउँन समेत गाह्रो पर्ने शव्दहरु पोखेर उनको मृत्युमा आफूले उत्सव मनाइरहेको अभिव्यक्ति दिएकी छिन् ।

उनले लेखेकी छिन्– अब चट्ट एक किलो खसीको मासु ल्याएर फ्राइ गरेर खुशीयाली मनाइन्छ । रेविज लागेका कुत्ता जो मर्याछ । #खेमराज गुरुङ ।

यतिमा मात्र उनी रोकिएकी छैनन् । उनैले फेरि अको टुइट गर्दै लेखेकी छिन्–कसम खेमराज गुरुङ मर्यो भन्ने सुन्दा जति खुशी कनकमणी मर्दा पनि हुन्न होला ।

यसपटकको टुइटमा भने उनले हिमाल खबरपत्रिकाका प्रकाशक तथा साझा यातायातका अध्यक्ष कणकमणी दीक्षितलाई पनि सन्दर्भबेकार नै मुछिदिएकी छिन् ।

तेस्रो टुइटमा त रीताले खेमराजको गायन प्रतिभामाथि नै प्रश्न उठाएकी छिन् । उनले लेखेकी छिन्–एउटा भुस्याहा कुकुर थ्यो,विदेशीको पैसामा जो धोक्रो बजाउँथ्यो । काकतली परेर फेमस मान्छे कहलियो । मर्यो साले कुकुर । #खेमराज गुरुङ ।

rita silwalउनको यस्तो आक्रमक टुइट आएपछि यी रीता सिलवाल को हुन् ? उनको र खेमराजको के दुश्मनी थियो ? भन्नेबारेमा सबैको खुल्दुली बढेको छ । उनको टुइटप्रति कडा आलोचना गर्नेहरुको ठूलै लाम लागेको छ । खेमराज र उनको सम्बन्ध अथवा दुश्मनी जस्तोसुकै भए पनि कमसेकम मृत्युको घडीमा दिइएको यस्तो अभिव्यक्तिलाई धेरैले अनुचित मानेका छन् । त्यसैले कमेन्टस्हरु रीता सिलवालको विरुद्धमा लेखिएका छन् । धेरैले यी रीता सिलवाल र खेमराजबीच कुनै बखत सम्बन्ध जोडिएर बीचमा फाटो आएको अनुमान गरेका छन् । केहीले चाहिं रीता सिलवाल नाम नै छद्म नाम भएको शंका गरेका छन् ।

यी रीता सिलवालको ट्वीट हिस्ट्री हेर्दा उनी पहिचान विरोधी र कोर्रा व्राम्हणवादबाट अभिप्रेरित रहेको पाइन्छ । एकजना नेवार थरका ट्वीटेलाई उनले फर्काएको जवाफ समाजका लागि नपच्ने खालको छ । त्यसैले कुनै पुरुषले नै महिलाको नाम राखेर यो ट्वीटर एकाउण्ट ह्याण्डल गरिरहेको आशंका छ ।

तर जोसुकै भए पनि र कारण जेसुकै भए पनि देशले सम्पत्ति मानिसकेको एउटा सेलिब्रेटीको निधनमा यी रीता सिलवालले दिएको अभिव्यक्ति क्षम्य पक्कै छैनन् । त्यसैले यसमा आवश्यक खोजविन गरि कानूनी उपचार खोज्न जरुरी छ ।

Comments

comments