मेलबर्न । अष्ट्रेलिया अहिले नेपाली विद्यार्थीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको छ । नेपालमा प्लस २ सम्मको अध्ययन सकाएर उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउँने र आउँन चाहने विद्यार्थीहरुको संख्या निकै छ । तर ती विद्यार्थी र अभिभावकहरुले अष्ट्रेलियाको शिक्षाको बारेमा उचित ज्ञान नपाउदा दुख पाउँने गरेका घट्नाहरु समेत छन् । कतिपय अवस्थामा गलत व्यक्ति वा संस्थाहरुको विश्वासमा परेर अष्ट्रेलिया आएका विद्यार्थीहरुको विचल्लीसम्म भएका छन् ।

यही कुरालाई ध्यानमा राखी अध्ययनका लागि अष्ट्रेलिया आउँन चाहने विद्यार्थी र तिनका अभिभावकहरुलाई सहि मार्गदर्शन गराउँने उदेश्यले अष्ट्रेलियाको सिड्नीमा तिम्सिना कन्सल्टीङ प्रालिको स्थापना भएको छ ।

अष्ट्रेलियामा अध्ययनका लागि किन आउँने,आवश्यक तयारी कसरी गर्ने,कुन विद्यार्थी कुन कलेज वा युनिभर्सिटीमा अध्ययन गर्दा उत्तम हुन्छ ? भन्ने लगायतका सम्पूर्ण जानकारी प्रदान गर्दै आएको तिम्सिना कन्सल्टीङले अष्ट्रेलिया अध्ययनका लागि आउँन चाहने विद्यार्थीहरुलाई एकै छानामूनि सबै सेवा प्रदान गर्दै आएको छ । कन्सल्टेन्सीहरुले परामर्शका नाममा विद्यार्थीहरुबाट मोटो रकम असुल्ने गरेको गुनासो आइरहँदा तिम्सिना कन्सल्टीङले भने निशुल्क परामर्शको व्यवस्था गरिएको छ । यसबाट विद्यार्थी र अभिभावकहरुले राहत महसुस गर्ने गरेका छन् ।

यो कम्पनीले अष्ट्रेलियामा अध्ययन गर्न आउँने विद्यार्थीहरुलाई आवश्यक परामर्श प्रदान गर्ने मात्र नभई अष्ट्रेलियामै रहेका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि छोटो अवधिका तालिम कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । यसबाट अष्ट्रेलियाका कम्पनीहरुमा काम गर्न अझ सजिलो हुन्छ ।

स्थापनाको छोटो समयमै सबैको विश्वास जित्दै आएको तिम्सिना कन्सल्टीङले अबको पाँच वर्षभित्र अष्ट्रेलियाकै उत्कृष्ट कन्सल्टेन्सी कम्पनी बन्ने लक्ष्य लिएको कम्पनीका निर्देशक अभ्यास तिम्सिना बताउँछन् । उनी थप्छन्–’हामी विद्यार्थी,अभिभावक र यहाँका कलेज,युनिभर्सीटीहरुसँग दीर्घकालीन सम्बन्ध स्थापना गर्ने रणनीतिका साथ काम गर्छौं । त्यसैले जसरी हुन्छ,कसरी हुन्छ विद्यार्थीहरुलाई भित्र्याऊँ भन्ने हामी सोच्दैनौं । शायद यही नै हाम्रो कम्पनीको सबल पक्ष हो ।’

‘पैसा कमाउँनु मात्र होइन विश्वास गरेर आफ्नो कम्पनीमा आएकाहरुलाई उचित मार्ग निर्देश गर्नु पनि कन्सल्टेन्सीहरुको धर्म र कर्तव्य दुवै हो । यसमा हामी शतप्रतिशत इमान्दार छौं’,उनले थपे ।

तिम्सिना कन्सल्टीङले मूख्य गरि आइटी,विजेनेश हस्पीटलीटी र एकाउन्टिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । यसका लागि अष्ट्रेलियाका उत्कृष्ट कलेज र युनिभर्सीटीहरुसँग उसको राम्रो समायोजन रहेको छ ।

-हिमालयन कङ्गारु ‘करियर’ डेस्क

Comments

comments