मेलबर्न । यस वर्ष अभिनेत्री नम्रता श्रेष्ठलाई नेशनल अवार्ड सहित तीन वटा उत्कृष्ट अभिनेत्रीको अवार्ड दिलाएको फिल्म क्लासिक अब मेलबर्नका दर्शकहरुले हेर्न पाउँने भएको छ ।

नेपाली फिल्ममा निकै रुचाइएका जोडी नम्रता र अर्यन सिग्देलको हिट फिल्म क्लासिक मेलबर्नमा आगामी सेप्टेम्बर ७ मा प्रदर्शन हुने भएको हो । सो अवसरमा नायक अर्यन सिग्देल समेत उपस्थित हुनेछन् । उनी अहिले अष्ट्रेलियाका विभिन्न शहरमा भइरहेको क्लासिकको शोका लागि अष्ट्रेलियामै छन् ।

खड्का एण्ड सन्स सिने इन्ष्ट्रीले क्लासिकलाई मेलबर्नका दर्शकहरुका लागि प्रदर्शनको व्यवस्था मिलाएको हो ।
दिनेश राउतले निर्देशन गरेको यो फिल्म मेलबर्नस्थित भिलेज सिनेमा क्राउन क्यासिनोमा प्रदर्शन हुनेछ ।

Comments

comments