काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकार गठनको तीन साता नपुग्दै संकटमा परेको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको दाहाल सरकार संकटमा पर्ने देखिएको हो ।

गच्छेदारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपप्रधानमन्त्री पद नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको हो ।

तीन साता वितिसक्दा पनि आफूलाई उपप्रधानमन्त्री बनाउँने कुनै सुरसार नदेखेपछि गच्छेदारले आफैंले प्रधानमन्त्री दाहाललाई फोन गरि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको स्रोतले बतायो । गच्छदारको चेतावनीपछि दाहालले मिलाएरै अघि बढ्ने आश्वासन दिनुभएको थियो । सानो मन्त्रिपरिषद बनाउने योजनामा रहनुभएका दाहाल उपप्रधानमन्त्री थप्ने विषयले तनावमा परेको स्रोतको दाबी छ ।

काँग्रेस–माओवादी गठबन्धनलाई प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेको र अविश्वासको प्रस्तावको पक्षमा मत हालेको फोरम लोकतान्त्रिकले यसअघि पनि उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउनुपर्ने दावी गरेको थियो, तर उनलाई उपप्रधानमन्त्री नदिने निर्णय काँग्रेस–माओवादीले गरेपछि गच्छेदार अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीभित्र छलफलमा जुट्नुभएको छ ।

Comments

comments