काठमाण्डौ । काँग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी युवा सभासद् गगन थापाले सम्हाल्ने भएका छन् ।

लामो आन्तरिक छलफलपछि बिहीवार साँझ अबेर कुन नेतालाई कुन मन्त्रालयमा पठाउने टुंगो लगाएको हो । यसअघि शहरी विकास मन्त्रालयमा इच्छा देखाएका थापालाई आन्तरिक समिकरण मिलाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनले इच्छा देखाएको शहरी बिकास मन्त्रालयमा उनकै ससुरा समेत रहेका काँग्रेस नेता अर्जुननरसिंह केसीको भागमा परेपछि सिटौला प्यानलबाट मन्त्री बनेका थापाको भागमा स्वास्थ्य परेको हो ।

यसअघि यस मन्त्रालयमा अर्जुननरसिंह केसीको चर्चा भएपनि उनले स्वास्थ्यमा आउने इच्छा नदेखाएपछि स्वास्थ्य ‘छाडी मन्त्रालय’ भएको थियो ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटक पटक आमरण अनसनमा बस्दै आउँनुभएका डा गोविन्द केसीको आन्दोलनका कट्टर समर्थकका रुपमा रहेका थापा आफैं स्वास्थ्य मन्त्रीमा नियुक्त हुने भएपछि निकै चासोका साथ हेर्न थालिएको छ ।

Please follow and like us:

Comments