काठमाडौं । लोकप्रिय गायक खेमराज गुरुङको निधन भएको छ । वारी जमूना पारी जमूना बोलको गीतबाट पहिचान बनाएका गायक गुरुङको उपचारका क्रममा विहीवार निधन भएको हो ।

गायक गुरुङको कलेजोको समस्या देखिएपछि दुई दिनअघि चावहिलको मेडिकयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा जन्मेका गुरुङ ४० वर्षका मात्र थिए । उनको घुमफिर,ढाँक्रे, जीवन लगायत गीति एल्बम प्रकाशित छन् । पूर्वेली लोक भाकालाई जनमानसमा स्थापित गराउँन महत्वपूर्ण भूमिका खेलेका गायक गुरुङको पूर्वेली भाकामै आधारित गीत वारि जमुना,पारि जमुना सर्वाधिक लोकप्रिय मानिन्छ । पज
स्वर्गीय गायक गुरुङ कुशल संगीतकार समेत थिए ।

Comments

comments