काठमाडौं । राजनराज शिवाकोटीको शब्द संगीत रहेको सफल फिल्म ’वडा नम्बर ६’को सर्वाधिक चर्चित गीत ’सुर्के थैली’ गीतले यूट्यूबमा कीर्तिमान कायम गरेको छ ।

यो गीतले विहीवारसम्ममा १ करोड भ्यूज पार गरेको छ । यति धेरै पटक युट्युवमा हेरिएको यो नै पहिलो नेपाली गीत बनेको छ ।

लोकशैलीको यो गीत रिलिज भएपछि एकाएक भाइरल हुन पुगेको थियो । यो गीतको मेलोडी र शब्दलाई दर्शकले विशेष रूपमा रुचाएका थिए ।

राजन राज शिवाकोटी, अन्जु पन्त तथा राजु विश्वकर्माको स्वरमा रहेको यो गीत दीपक र दीपाले आफ्नो फिल्ममा राख्नु अघि नै संगीतकार राजनले युट्युवमा राखेका थिए । तर यसले कुनै चर्चा भने पाएको थिएन । तर यही गीत फिल्ममा प्रयोग भएपछि भने यसरी चर्चित भएको हो ।

युट्युवमा करोड भ्यूज नाघेसँगै युट्युवबाट सर्वाधिक आम्दानी गर्ने नेपाली गीत समेत यही सुर्के थली बनेको छ ।

Please follow and like us:

Comments