काठमाडौं । नेकपा एमालेले कुनै देशको स्वार्थ र चासोका आधारमा मुलुकको संविधान संशोधन हुन नसक्ने जनाएको छ ।

छिमेकी मुलुकमा परराष्ट्र मन्त्रालय नेतृत्वविहीन हुँदा विशेष दुत पठाउने तरिका ठिक नभएको एमालेको ठहर छ ।

पार्टी केन्दीय कार्यालय धुम्वराहीमा आठदिनसम्म चलेको पार्टी स्थायी समितिको निर्णय सार्वजनिक गर्दै नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न समेत माग गरेको छ । संविधान संशोधनको विषयमा छिमेकी देशमा छलफल भएकोप्रति पनि एमालेले आपत्ति जनाएको छ । साथै एमालेले आफ्ना कुनै एजेन्डामा नचुक्ने तथा गलत कुरामा नझुक्ने जनाएको छ । नेकपा एमालेको स्थायी समितिले स्थानीय तहको निर्वाचन अविलम्व गर्न समेत सरकारसँग माग गरेको छ ।

गत श्रावण ३० गतेदेखि चलेको नेकपा एमालेको स्थायी समितिको वैठक विभिन्न १२ ओटा निर्णय गरि मंगलवार सकिएको थियो । स्थायी समितिका वैठकको निर्णय बुधवार सार्वजनिक गरिएको हो ।

मुलुक संघीय संरचनामा गईसकेपछि पार्टी संरचनालाई पनि त्यही अनुकुल वनाउन सात वटै प्रदेशका संयोजक तथा सह संयोजक पनि तोकिएका छन ।

Comments

comments