काठमाडौं । नयाँ शक्ति नेपालका प्रमुख डा बाबुराम भट्टराई सुविधा सम्पन्न महलमा डेरा सर्नुहुने भएको छ ।

झन्डै महिना दिन लामो सक्रिय प्रयास पछि भट्टराईले बगैंचायुक्त ७ वटा कोठा भएको घर पाउँनुभएको छ । घरको आँगनमा गाडी पार्किङको सुविधा समेत रहेको छ ।

बैतडीका पानबहादुर चन्दको स्वामित्वमा रहेको उक्त घरको भाडा प्रति महिना १ लाख १० रहेको बताइएको छ । अहिलेका निम्ति प्रमुख भट्टराईको घर भाडा पार्टीले नै तिर्ने भएको बताइएको छ ।

आफू बस्दै आएको ललिपुरस्थित घर विक्री भएपछि भट्टराईलाई नयाँ डेरा खोजि गर्ने चटारो परेको हो ।

Comments

comments