रोम । इटालीमा लगातर दुई शक्तिशाली भूकम्प जाँदा आधा शहर ध्वस्त भएको छ ।

मध्य इटालीलाई केन्द्रविन्दु बनाएर बुधवार सबेरै ६.२ रेक्टर स्कलेको भुकम्प गएको केही समयपछि अर्को शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परि हालसम्म तीन जनाको मृत्यु भएको र ठूलो संख्यामा घरमुनी च्यापिएको इटालीको स्थानीय संचारमाध्यम द लोकलले जनाएको छ ।

भूकम्पबाट अकुमोइल र अम्याट्रिस शहरमा ठूलो जन धनको क्षती भएको बताइएको छ ।italy 2

अम्याट्रिसका मेयरले उक्त शहरका आधा भन्दा बढी संरचना ध्वस्त भएको बताएका छन् । हालसम्म ३ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ भने सयौंको संख्यामा हताहत भएको आशंका गरिएको छ ।

बत्ति, टेलिफोन र पानीका सेवाहरु अवरुद्ध भएका छन् । पहिलो भुकम्पले करिब २० सेकेण्ड हल्लाएको थियो । त्यसपश्चात आधा घण्टा लगत्तै फेरी अर्को भूकम्पलेृ हल्लाएको थियो ।

सन् २००९ मा इटालीमा गएको भूकम्पमा परी ३०८ जनाको मृत्यु भएको थियो भने १५०० बढी घाइते भएका थिए ।

 

Comments

comments