मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा लोक गायिका कोमल वलीको सम्मानमा मीट एण्ड ग्रीट कार्यक्रम सम्पन्न भएको छ ।

विग बेली क्याफेमा आयोजित विशेष कार्यक्रममा भिक्टोरियावासी नेपालीको तर्फबाट भिक्टोरियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले गायिका वलीलाई सम्मानित गर्नुभएको थियो ।

नेप्लीज एसोसियसन अफ भिक्टोरियाद्धारा आयोजित उक्त समारोहमा महावाणिज्यदूत योञ्जनले सफलतापूर्वक तीज फेष्टिबल २०१६ सम्पन्न गरेकोमा न्याभलाई बधाइ दिनुभयो । उक्त कार्यक्रम निकै भव्य रहेको थियो । साथै उहाँले गायिका कोमल वलीले नेपाली गीत संगीत क्षेत्रमा पुर्याउँनुभएको योगदानको प्रशंसा गर्नुभयो । नेपाली कला,संस्कृतिको प्रवद्र्धनका लागि निरन्तर क्रियाशील रहिरन उहाँले गायिका वलीलाई आग्रह र सुझाव पनि दिनुभयो ।

गायिका वलीले पनि हरेक वर्ष अष्ट्रेलियावासीले देखाइरहेको न्यानो आत्मियताप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा गायिका वली र महावाणिज्यदूत योञ्जनले नेपाली परम्परा अनुसार एक अर्काको सम्मानमा सल ओडाउँनुभएको थियो ।

Comments

comments