एजेन्सी । सामान्य रुपमा बुझ्न सकिन्छ बलिउडका सफल अभिनेतृहरूबीच सम्बन्ध राम्रै हुनुपर्ने हो । आफ्नो आफ्नो काम गररहेका अभिनेतृबीच त्यस्तो मनमुटावको सम्बन्ध हुने नै पनि किन पर्छ र भन्ने बाहिरबाट सोचिन्छ । तर बलिउडका केही अभिनेतृहरुको सम्बन्धलाई ध्यान दिने हो भने त्यस्तो पटक्कै छैन ।

कतिसम्म छ भने केही अभिनेतृ त एक अर्कासँग बोल्दै बोल्दैनन् । अझ केही त एउटै कार्यक्रममा सहभागी पनि हुँदैनन् । यस्तै एक अर्कासँग अत्यान्त नराम्रो सम्बन्ध भएका अभिनेतृमा पर्छन ऐश्वर्या राय बच्चन र सोनम कपुर । केही वर्षयता त यी दुईको बोलचाल पनि छैन ।

किन बोल्दैनन् त उनीहरु यसबारे थाहा पाउँदा त झन चकित परिन्छ । यी दुईको मनमुटाव हुनुको प्रमुख कारण भने अत्यान्त सामान्य रहेको छ । पहिलो ऐश्वर्याले ब्रान्डिङ गरिरहेको कस्मेटिकहरुले आफ्नो विज्ञापनमा सोनमलाई लिए त्यो पनि एक दुइवटाले मात्र होइन, कम्तीमा पनि आधा दर्जनभन्दा बढीले । त्यसपछि ऐश्वर्या विस्तारै उनीसँग टाढिन थालिन ।

त्यसको केही समयपछि एउटा कार्यक्रममा सोनमले ऐश्वर्यालार्य झन चिढ्याइदिइन । उनले कार्यक्रममा ऐश्वर्यालाई अन्टी भनेर सम्बोधन गरिन् । यस्तो सम्बोधन सुनेकीमात्र के थिइन ऐश्वर्याले सोनमसँग नबोल्ने नै निर्णय नै लिइन् । सायद यही निर्णयका कारण हुनुपर्छ, बलिउडका यी दुई अभिनेतृबीच अहिले पनि बोलचाल छैन ।

Comments

comments