काठमाडौं । सरकारले दुई उपप्रधानमन्त्रीहरुको छिमेक भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री द्धय कृष्णबहादुर महरा र बिमलेन्द्र निधिको चीन र भारत भ्रमण उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको हो ।

दुबै देशसंग आआफ्नै विशेषता रहेको असल छिमेकीका रुपमा नेपालले दुबै देशसंग आवश्यक समदूरी र समभाव राख्ने सरकारले जनाएको छ । सरकारका दूतका रुपमा उपप्रधानमन्त्री महरा र निधि स्वदेश फर्किएपछि बसेको मन्त्रिपरिषद बैठकले दूतहरुको छिमेक भ्रमण उपलब्धिपूर्ण रहेको ठहर गरेको हो ।

यसैगरी मन्त्रिपरिषद बैठकले बजार अनुगमलाई थप प्रभावकारी बनाउनुपर्ने र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर अनुगमनमा परेकाहरुलाई कारवाही गर्न समेत निर्देशन दिएको छ । सरकारले राष्ट्रिय बिपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धि आएको विद्येयक समितिमा पठाउने निर्णय गरेको सुचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिनुभयो ।

मन्त्रीपरिषदले दुई विधेयकहरुलाई समीतिमा पठाएर छिटो भन्दा छिटो यसको अनुमोदन गर्न समितिलाई निर्देशन समेत दिइएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

Comments