काठमाडौं । भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधि फर्कन ढिलाइ भएपछि आज विहान साँढे दश बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठक सरेको छ ।

उपप्रधान तथा गृहमन्त्री निधि स्वदेश फर्कन ढिलाई भएकाले बैठक अपरान्ह ४ वजेका लागि बोलाइएको छ ।

बैठकमा विशेष दुतका रुपमा चीनबाट फर्केका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र आजै भारतबाट फर्कन लागेका विमलेन्द्र निधिले भ्रमणको उपलव्धीबारे मन्त्रीपरिषद वैठकमा व्रिफिङ गर्ने कार्यसूची भएकोले वैठक सारिएको बताइएको छ ।
बैठकमा सरकारको कामकारवाहीको समीक्षा तथा विभिन्न निकायमा नियुसिक्तका विषयमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा भदौ अन्तिममा हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा पनि छलफल हुनेछ ।

Comments

comments