एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हाइस्कुल तथा कलेजका छात्रछात्रका लागि छुट्टै नेटवर्क ल्याउँदैछ ।

फेसबुकको प्रयोग नर्गने धेरै किशोर किशोरी तथा युवाले फेसबुकको सट्टा स्न्यापच्याट, विच्याच तथा लाइन प्रयोग गर्ने गरेको पाइएपछि फेसबुकले यस्ता किशोर किशोरी तथा युवालाई लक्षित गरेर एक नयाँ सञ्जाल ल्याउँन लागेको हो ।
फेसबुकलेनै लञ्च गरेको यो नेटवर्कमा २१ वर्ष भन्दा माथिका मानिस यसमा सक्रिय हुन नपाउने टेकक्रन्चले जनाएको छ । लाइफस्टेज नामको यो एप्लिकेशन गएको हप्ता सार्वजनिक गरिएको हो, अब फेसबुक यसलाई युवाबिच पुर्याउन सक्रिय रुपमा लागेको छ ।

फेसबुकले यसलाई हाइस्कुल तथा कलेजका छात्रछात्रका लागि नेटवर्कको रुपमा तयार गरेको छ । जो व्यक्ति २२ वर्ष वा त्यो भन्दामाथिका छन्, उनीहरुले आफ्नो प्रोफाइल मात्रै हेर्न पाउने छन् तर सामाजिक सञ्जालको रुपमा सहभागी हुन पाउँदैनन् । लाइफस्टेजमा लग इन गर्न फेसबुक एकाउन्ट चाहिँदैन तर आफ्नो बारेमा पूर्ण जानकारी दिनु पर्छ । एक पटक कुनै स्कुलका २० व्यक्ति लाइफस्टेजमा देखिए सबै एक अर्कासँग कुरा गर्न सक्छन् ।

फेसबुक पनि सन् २००४ मा यस्तै गरी सर्वाजनिक गरिएको थियो र बिस्तारै युवाले मनपराउँदै गए ।

लाइफस्टेज बनाउने १९ वर्षका माइकल सेम्यान हुन् । सन् २००४ मा फेसबुक सर्वाजनिक हुँदा उनी दुई कक्षामा पढ्दै थिए ।
उनी गएको दुई वर्षदेखि फेसबुकमा काम गर्दै आएका छन् । लाइफस्टेज गएको हप्ता अमेरिकामा एक एप्लिकेशनको रुपमा लञ्च गरिएको हो ।

यसलाई बिस्तारै अरु देशमा र्पुयाउने फेसबुकले जनाएको छ ।

Comments

comments