काठमाडौं । सरकारले चैतमहिनाभित्र स्थानीय तहको निर्वाचन गराउन निर्वाचन आयोगलाई चाहिने सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने जनाएको छ ।

नयाँ संविधान अनुसार तीन तहका निर्वाचन अर्को वर्षको माघ ७ सम्म सम्पन्न गराउनुपर्ने कानूनी वाध्यता छ । यही स्थितिको महसुुस गर्दै प्रधानमन्त्री दाहालले निर्वाचन आयोगमै गई आयोगलाई चाहिने सम्पूर्ण कानून लगायत जनशक्ति सरकारले उपलव्ध गराउने आयोगलाई विश्वास दिलाउनुभएको हो ।

नयाँ संविधानले दिएको समयसीमा सकिन अव १७ महिना मात्रै वाँकी छ । यो सत्र महिना भित्र स्थानीय तह, प्रादेशिक र राष्ट्रिय स्तरको निर्वाचन गराउन सरकार लगायत नेपालका राजनीतिक दलहरुलाई चुनौती रहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले तीनओटै तहका निर्वाचन संविधानले निर्दिष्ट गरेको मितिमा सम्पन्न गर्ने गरी तयारी गरेको थियो । जसअनुसार यही मंसिरमा स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्ने भनि आर्थिक वर्ष ०७३ ७४ को वजेटमा नै सार्वजनिक गरेको थियो । त्यही अनुरुप पुष्पकमल दाहाल नेतृत्वको सरकार पनि यही संविधानको वाध्यात्मक व्यवस्थाका कारण तीनै ओटै तहका निर्वाचन गराउन सक्रिय भएको छ । सोमवार निर्वाचन आयोगमै पुगी प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले आयोगलाई चाहिने जनशक्ति, प्राविधिक, कानून, निर्वाचनको मिति लगायत सम्पूर्ण कुरा उपलव्ध गराउने आश्वासन दिएको छ ।

उता निर्वाचन आयोग पनि आयोगलाई आवश्यक सम्पूर्ण कुराहरु उपलव्ध गराउने सरकारले आश्वासन दिएपछि आफूहरु निर्वाचन गराउन तयार रहेको जनाएको छ । यसअघिको सरकारले निर्वाचन गराउने भनेर आश्वासन दिए पनि कानून र निर्वाचनको मिति तय नहुँदा निर्वाचन प्रक्रिया शुरु हुन नसकेको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले वताउनुभयो । यदि निर्वाचनको मिति तोक्ने अधिकार कानूनमै आयोगलाई दिने हो भने तोकिएकै समयमा जुनसुकै अवस्थामा पनि निर्वाचन हुने आयोगको दावी छ ।

पछिल्लो समय निर्वाचनका लागि कानून लगायतका मस्यौदा तयार गर्दा होस या मिति तय गर्ने विषयमा राजनीतिक दलहरुकाबीच सहमति वन्न नसक्दा निर्वाचन हुने या नहुने भन्ने अन्यौल कायमै छ । अर्कोतर्फ अगामी वर्षको माग ७ भित्रमा तीनओटै तहका निर्वाचन सम्पन्न नभएको खण्डमा देशमा ठूलो संवैधानिक संकट आउने संििवधान विदहरुले चेतावनी दिइसकेका छन । यस्तो अवस्थामा नेपालका राजनीतिक दलहरुले यथासक्य छिटो निर्वाचनका सवै प्रक्रियामा सहमति गर्नुको विकल्प छैन ।

Please follow and like us:

Comments