काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले लामो समयसम्म विद्युत महशुल ततिर्ने उपभोक्ताको विद्युत लाइन काट्न निर्देशन दिनुभएको छ । उहाँकै निर्देशनमा आइतवार नारायणहिटी दरवारको विजुलीको लाइन काटिएको छ । लाइन काटिएपछि महेन्द्र मञ्जिलमा पूर्व वडामहारानी रत्ना शाहले अध्यारोमा आफ्नो जन्मदिन मनाउँनुपर्यो ।

ऊर्जामन्त्री भएलगत्तै विद्युत महशुल नतिर्ने संस्था÷व्यक्तिको विद्युत लाइन काट्न निर्देशन दिनुभएका मन्त्री शर्मा आफैं संलग्न जनमैत्री अस्पतालले प्राधिकरणलाई ९७ लाख ४२ हजार रुपैयाँ महशुल बुझाउन बाँकी रहेको तथ्य फेला परेकोछ । प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि अस्पतालले महशुल नतिरेपछि गत वैशाखमा विद्युत लाइन काटिएको थियो । विद्युत लाइन काटिएपछि घाटामा रहेको अस्पताल बन्द गरिएको छ । साउन ९ गतेदेखि अस्पतालले उपचार सेवा समेत प्रवाहित भएको छ ।

महेन्द्र मञ्जिलको १२ लाख भुक्तानी नहुँदा विद्युत लाइन काटिएको छ । तर मन्त्री आफ्नै लगनाी रहेको जनमैत्री अस्पतालको ९८ लाख विद्युत महशुल भुक्तानी हुन बाँकी रहँदा समेत उक्त रकम तिर्नैतर्फ चासो देखाइएको छैन ।

केही समय माओवादी पार्टीकै हस्पिटल रहेको अस्पताल सञ्चालनमा मन्त्री शर्माको पनि प्रत्यक्ष संलग्नता थियो । युद्धमा घाइते भएकाहरुको उपचारका लागि भन्दै पार्टीकै संरक्षणमा अस्पताल खोलिएको थियो तत्कालिन अवस्थामा मन्त्री शर्माका पाँच जना आफन्त र माओवादी कार्यकर्ताको नाममा ट्रष्टको रूपमा सञ्चालन गरिको थियो अस्पताल ।

तत्कालिन जनमुक्ति सेना नेपालको रकमलाई हस्पिटल सञ्चालनको आधार बनाइएको थियो । हस्पिटल बन्द भएपछि पूर्व जनमुक्ति सेना नेपालले विज्ञप्ति जारी गरी ‘हिसाबकिताब खोज्ने’ बताइसकेको छ । निरन्तर घाटामा रहेको अस्पताललाई पुनर्जीवन दिन सरकारले पनि बेला–बेला आर्थिक सहयोग गर्दै आएको थियो ।

विद्युत प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा वार्षिकोत्सवमा बोल्दै उहाँले बक्यौता धेरै पुगेका १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिनुभएको थियो ।

Comments