मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा हरेक महिनाको अन्तिम साता हुँदै आएको मेलबर्न डबलीको तेस्रो संस्करण आउँदो आइतवार २८ अगष्टमा हुँदैछ ।

द थनबरी थियटरमा साँझ ५ बजेदेखि हुने मेलबर्न डबलीको यसपटकको संस्करणमा बाल प्रतिभाहरुको प्रस्तुति रहने बताइएको छ । मेलबर्नमा बस्दै आएका नेपाली समुदायका लुकेका प्रतिभाहरुलाई प्रतिभा प्रस्फुटन गर्न प्रोत्साहन गर्दै उपर्युक्त मञ्च उपलब्ध गराउँने उदेश्यले सोलाङ्चरले मेलबर्न डबलीको आयोजना गर्दै आएको हो । डबलीमा यसपटक बाल प्रतिभाहरुको प्रस्तुतिसँगै गाईजात्रे प्रस्तुतिहरु समेत रहनेछन् ।

कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था छ भने इच्छुकका लागि सधैं झैं खाना र पेय पदार्थहरु समेत उपलब्ध हुनेछन् ।

Comments

comments