तत्काल गर्नुपर्ने राजनीतिक एजेण्डाका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यानमा राखेर मन्त्रिपरिषद्को बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको छ । आजको बैठकमा २६ जनाको नियुक्ति,प्रहरी अधिकारीको बढुवा,संसदमा रोकिएको विनियोजन विधेयकको छलफलका विषयमा मुख्यगरि छलफल हुनेछ ।

अरु मन्त्रालयगत एजेण्डाको पनि सूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Comments

comments