मेलबर्न । कुनै पनि देशमा जानु भन्दा अघि ती देशका नीति,नियम र कानुनी व्यवस्थाबारे थाहा पाएर जाँदा राम्रो हुन्छ ।

किनभने कहिलेकाहीं यी कुराहरुमा जानकारी नहुँदा अप्ठ्यारोमा पर्न सक्ने सम्भावना रहन्छ । यदि तपाई अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने यहाँका केही सामान्य नीति र नियमहरुबारे जानकारी लिएर आउँनुहोला । हेर्दा र सुन्दा सामान्य लाग्ने यी नियमहरु अष्ट्रेलियामा बसुञ्जेल महत्वपूर्ण हुनेछ ।

अष्ट्रेलियामा विद्यमान १० अनौठा नीति र नियमहरु :

१ बालबालिकाहरुलाई रक्सी,चुरोट र कण्डोम किन्न प्रतिबन्ध :

अष्ट्रेलियामा बालबालिकाहरुले रक्सी,चरोट र कण्डोम आफैं पसलमा गएर किन्न पाउँदैनन् । किनभने यो कानून विपरित मानिन्छ । तर त्यही कानूनले बालबालिकाहरुलाई पनि यी तीन चीज प्रयोग गर्न भने कुनै रोकतोक गरेको छैन ।

२ छाति ठूलो हुनेले विकिनी लगाउँन नपाइने :

अष्ट्रेलियाकै गोल्डकोष्टमा छाति ठूलो भएका महिलाहरुलाई विकिनी लगाउँन प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको कानूनले भन्छ–६ स्क्वायर इञ्चभन्दा ठूलो छाति भएका महिलाले विकिनी लगाउँनु दण्डनीय मानिनेछ ।

३ कारमा चाबी छोड्न मनाही :

अष्ट्रेलियामा तपाई कार चलाउँनुहुन्छ भने होसियार है । हतारमा विर्सेर पनि चाबी कारमा नछोड्नुहोला । नभए ट्राफिक प्रहरी तपाई कहिले आउँनुहोला र कारवाही जरिवाना गरौंला भनेर कुरेर बसेका हुनसक्छन् । किनभने चालक नभएको बेला कारमा चाबी घुसारेर मात्र छोड्नु अष्ट्रेलियाको कानून अनुसार प्रतिबन्धित कार्य हो ।

४ घुम्न निस्किदा फन्दामा परिएला :

अष्ट्रेलियाका शहर गल्लीहरुमा घुमिरहेको बेला कुनै अपराध विना नै तपाई प्रहरीको फन्दामा पर्नसक्नुहुन्छ । यदि त्यसो भयो भने तपाईले लगाउँनुभएको लुगा र जुत्ता प्रमुख कारण हो भन्ने बुझ्नुभए हुन्छ । किनभने अष्ट्रेलियामा कालो लुगामा कालो चम्किने जुत्तामा पालिस लगाएर शहर डुल्न पाइदैन ।

५ दायाँतिर हिड्दै नहिड्नुस् :

अष्ट्रेलियाको सडकमा दायाँपट्टिबाट हिड्न पाइदैन । गाडी चलाउँदा मात्र होइन पैदल हिड्दा पनि बायाँतिरबाट मात्र हिड्नुहोस् । अटेर गरेर दायाँबाट पैदल हिड्नुभयो भने एकदिन फन्दामा पर्ने निश्चित छ ।

६ पौडदा लुगा खोल्न पाइदैन :

अष्ट्रेलियालाई उदार,खुल्ला देश भनिन्छ । तर कुनै कुनै ठाउँमा अष्ट्रेलिया यति कट्टर छ कि त्यसबारेमा थाहा भएन भने अप्ठ्यारोमा पर्न सक्छौं । जस्तो तपाई अष्ट्रेलियाको व्रिघटन समुद्री तटमा पौडी खेल्दै हुनुहुन्छ भने लुगा खोल्ने कष्ट नगर्नुहोला । किनभने यहाँ पौडी खेल्नेले घाँटीदेखि घुँडा छोप्ने लुगा लगाउँनैपर्छ ।

७ चोरको क्षेत्रमा बस्ने पनि चोर :

अष्ट्रेलियाको कानून पनि अचम्मको छ । किनभने यहाँ चोर कहलाउँन र सजायँ पाउँन चोरी गर्नैपर्दैन । यहाँको भ्याग्रेन्सी एक्ट अफ १९६६ अनुसार यदि तपाई चोर बस्ने घरको भित्र वा बाहिर आसपास कतै देखा पर्नुभयो भने विना कसुर नै प्रहरीको हत्कडीमा पर्नुहुनेछ ।

८ घोडालाई पनि रेष्टुराँको सेवा :

अष्ट्रेलियाको नियम अनुसार जुनसुकै बार र रेष्टुराँले घोडा बाँध्ने तबेला पनि अभिनवार्य बनाउँनैपर्छ । किनभने यदि कोही ग्राहक घोडा चढेर आउँछन् भने मालिकसँगै घोडालाई पनि सेवा गर्नुपर्छ ।

९ हराएको सूचनामा शर्त :

यदि तपाईको कुनै चिज हराएर वा चोरी भएर खोजी गर्ने क्रममा कुनै विज्ञापन वा सूचना जारी गर्दै हुनुहुन्छ भने त्यसभन्दा अघि तपाईले कसैसँग कुनै प्रश्न सोध्दिनँ भनेर कागजपत्रमा हस्ताक्षर गर्नुपर्छ ।

१० मेलबर्नका गाडी बाख्रा र कुकुरका लागि होइन :

तपाई जनावरप्रेमी हुनुहुन्छ भने मेलबर्नमा गाडी चलाउँने क्रममा चाहिं कृपया त्यो प्रेम नदेखाउँनुहोला । किनभने मेलबर्नमा गाडीको सिटमा बाख्रा र कुकुर राखेर गाडी चलाउँनु दण्डनीय मानिन्छ ।

–हिमालयन कङ्गारु

Comments