एजेन्सी । विपाशा बसुलाई बलिउडमा निकै हट अभिनेत्री मानिन्छ । तर अहिले यी हट अभिनेत्रीलाई आफ्नो पहिचान खोसिने हो कि भन्ने चिन्ता बढेको छ । उनलाई अरु कसैसँग नभई आफ्नै बहिनीसँग डर लाग्न थालेको हो ।

विपाशालाई माथ खुवाउँने गरि कान्छी बहिनी विजयेताका केही तस्विरहरु इन्टरनेटमा भाइरल हुन थालेपछि दिदी विपाशालाई डर लागेको हो । फोटोमा विजयेता निकै हट र ग्ल्यामरस अवतार देखिन्छ ।

bijetaयी फोटोहरु उनले गोवामा बिताएको भ्याकेसनका बेला खिचिएको बताइएको छ ।

विजयेता प्रोफेसनमा मोडल हुन् । तर, रिपोर्टहरुकाअनुसार उनी बलिउडमा डेब्यु गर्न चाहिन्छन् । तर, यसलाई पुष्टि गर्ने कुनै आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।

bijta 3विजयेता सोसल मिडियामा एकदमै क्रियाशील रहन्छिन् । उनले आफ्नो हट फोटोहरु सेयर गरिरहेकी हुन्छिन् । विजेयताभन्दा जेठी विपाशाकी अर्की बहिनी विदिता पनि छन् ।

Please follow and like us:

Comments