व्यवस्थापिका–संसदको आजको वैठकमा पनि  विभिन्न विधेयकहरुमाथिको छलफल जारी रहने भएको छ ।

आजबाट विनियोजन विधेयकमाथि छलफल गर्ने तालिका भएपनि दलहरुबीच सहमति हुन नसक्दा विनियोजन विधेयक माथिको छलफल भने अन्यौलमा परेको छ । एकीकृत नेकपा माओवादीले आफ्ना मागका विषयमा सनुवाई नभए संसद चल्न नदिने चेतावनी दिएपछि विनियोजन विधेयक माथिको छलफल अन्यौलमा परेको हो ।

हिजो ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) विधेयक, २०७१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठक दिउँसोे १ वजे बस्नेछ ।

Comments

comments