काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौको अन्तिम साता भारत भ्रमणमा जानुहुने भएको छ ।

दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री विमलेन्द्र निधीले भ्रमणको मिति तय गर्नुभएको हो । ३१ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री दाहालको भेटघाटको मिति समेत तयार भएको स्रोतले जनाएको छ ।

दाहालको भ्रमणपछि भारतीय राष्टपति डा. प्रणव मुखर्जी नेपाल भ्रमणमा आउनुहुने भएको छ । मुखर्जीको भ्रमणपछि नेपालकी राष्टपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गर्नुहुने बताइएको छ ।

प्रधामन्त्रीको सपथ लिए लगतै दाहालले छिमेकी दुई देशमा विशेष दूत पठाउँनुभएको थियो । उहाँका दूत निधि सफल भएपनि चीन पूगनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने असफल हुनुभएको हो । चीनले दाहाल नेतृत्वको सरकारलाई शंकाको घेरामा राखेको छ भने महरालाई विश्वास गर्न नसकेको परराष्टविद्हरु बताउन थालेका छन् ।

Please follow and like us:

Comments