काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पराजित भएकी छिन् ।

रियो ओलम्पिकमा नेपालको तर्फबाट अन्तिम खेलाडिका रुपमा सहभागी तेक्वान्दोकी निशा पनि पराजित भएसँगै रियो ओलम्पिक पनि नेपालका लागि सहभागीतामै सीमित रह्यो ।

शनिवार बेलुकी तेक्वान्दाकी निशा रावलले ६७ केजी तौल समुहमा चिनियाँ प्रतिद्धन्द्धीसंग प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा निशा चिनियाँ प्रतिद्धन्द्धीसँग दुई शुन्यले पराजित भएकी हुन् । रियो स्थित कारिओका एरेना रगशालामा भएको अन्तिम खेलमा निशा राउण्ड १६ मा विश्व च्याम्पियन चिनियाँ खेलाडी जेङ शुयिङसँग दुई शुन्यले पराजित भईन् ।

वाइल्ड कार्ड पाएर ओलम्पिकमा छनौट भएकी निशा बलियो प्रतिद्धन्द्धी सुयिङसंग सजिलै पराजित भएकी थिईन् । नेपालले रियो ओलम्पिकमा यसअघि पौडी, जुडो , एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरिसकेको छ ।

Comments

comments