काठमाडौं । नेपालमा आइइएलटिएस परीक्षाको बेलायतको एकाधिकार तोडिने भएको छ ।

यसै वर्षदेखि नेपाली विद्यार्थीहरुका लागि आइडिपी अस्ट्रेलियाले आइइएलटिएस परीक्षा सुरु गर्न लागेको हो । नेपाली विद्यार्थीको अंग्रेजी भाषा परीक्षाको मिति नपाउने समस्यालाई ध्यानमा राखी आइडिपी अष्ट्रेलियाले राजधानीको लाजिम्पाटमा रहेको मेट्रो पार्कमा शाखा विस्तार गरेको हो । आइडिपी अष्ट्रेलियाले शुक्रबारदेखि नेपालमा आफ्नो शाखा शुरु गरेको हो ।

नेपालमा यसअघिसम्म ब्रिटिश काउन्सिलले एकलौटी रुपमा आइइएलटिएस परीक्षा सञ्चाल, नतिजा, प्रकाशन तथा व्यवस्थापन गर्दै आएको थियो ।

नेपालमा बर्सेनी आइइएलटिएस परीक्षा दिने विद्यार्थीको संख्या ५० हजार रहेको नेपाल शेक्षिक परामर्श संघ इक्यानले जनाएको छ ।

Comments

comments