एजेन्सी । जर्मनीले पहिलोपटक महिला फुटबलको ओलम्पिकमा स्वर्ण पदक जितेको छ ।

रियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वीडेनलाई हराउँदै जर्मनीले स्वर्ण जितेको हो । शनिवार बिहान भएको फाइनलमा जर्मनीसँग स्वीडेन २–१ ले पराजित भयो ।

जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाइन् । स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन् । स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन् ।

हारेको स्वीडेनले रजत पदकमा चित्त बुझायो । ब्राजिललाई सेमिफाइनलमा हराएको स्वीडेन फाइनलमा जर्मनीसँग हारेको हो । जर्मनी भने क्यानडालाई हराएर फाइनलमा पुगेको थियो ।

Comments