काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महरा नफर्कदै चीनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई बोलाएको छ ।

पार्टीभित्र फरक मत राख्दै आउँनुभएका नेता नेपाल पार्टीको स्थायी कमिटिको बैठक चलिरहेकै समयमा चीन जानुभएपछि एमालेभित्र मात्र होइन नेपाली राजनीतिक वृत्त नै तरंगित भएको छ । पार्टी स्थायी समितिको बैठक छोडेर एमाले वरिष्ठ नेता नेपाल विहिवार राती चीन प्रस्थान गर्नुभएको हो ।

स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको कारण रद्द गर्न नमिल्दै भन्दै नेपाल चीन जानुभएको एमालेका एक स्थायी समिति सदस्यले बताए ।

सरकार परिवर्तन किन र कसरी भन्ने विषयमा बिगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।

Comments