मेलबर्न । नेपालमा अपाङ्गता भएका बालबालिकाहरुको सेवामा समर्पित व्यक्तिका रुपमा परिचित समाजसेवी सविता उप्रेती यतिखेर अष्ट्रेलियाको मेलबर्नमा छिन् ।

नेपालमा समाजसेवाको क्षेत्रमा अनवरत खटिएर विभिन्न अवार्डसमेत जित्न सफल उप्रेती यतिबेला एक अन्तराष्ट्रिय सेमिनारको क्रममा मेलबर्नमा आएकी छिन् । मुख्यतःअटिजम पीडित बालबालिकाको क्षेत्रमा कार्यरत उनी यही रोगबाट ग्रस्त भएका दुई सक्षम बालबालिकालाई लिएर सम्मेलनमा सहभागी बन्न आएकी हुन् ।

समाजसेवाको क्षेत्रमा उप्रेतीले पुर्याएको योगदानको सम्मानमा प्रवासी नेपाली मञ्च भिक्टोरियाले अगष्ट २० तारिख शनिबार मीट एण्ड ग्रीट कार्यक्रमको आयोजना गर्न लागेको हो ।

सिड्नी रोडस्थित बिग बेली एशियन क्याफेमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी भई समाजसेवी उप्रेतीलाई हौसला बढाइदिन आयोजकले सबै नेपाली समुदायलाई अनुरोध गरेको छ ।

यसैबीच समाजसेवी उप्रेतीलाई भिक्टोरियास्थित नेपाली अवैतानिक महावाणिज्यदूतको कार्यालयले स्वागत गरेको छ । कार्यलयमा कन्सुलर चन्द्र योञ्जनले उप्रेतीलाई स्वागत गर्नुभएको थियो ।

Comments

comments