इटहरी । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राज्यसत्ता कब्जाका लागि नयाँ मोर्चा निर्माण गर्ने उद्घोष गर्नुभएको छ ।

उहाँले जनताको राज्यसत्ता स्थापना तथा सामान्तवादलाई परास्त गर्नका लागि नयाँ संयुक्त मोर्चा स्थापना गर्ने र यसको नेतृत्व पार्टीका नेता सीपी गुजरेलले गर्ने पनि बताउनुभयो ।

बिहीबार सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले यहि भदौ २५ देखि २७ गते सम्म राष्ट्रिय भेला गरेर संयुक्त मोर्चा गठन गर्ने जानकारी दिनुभयो । उहाँले राष्ट्रिय भेलाले संयुक्त मोर्चाको खाका तयारी गरी समितिलाई पूर्णता दिने तथा विगतका आन्दोलनको दौरान देखिएका कमी कमजोरीको समीक्षा गरी ठोस कार्ययोजना ल्याउने बताउनुभयो ।

अध्यक्ष वैद्यले पार्टी भित्रका उच्च नेतृत्व नै सत्तालोभमा लागेर अन्तरघात गरेको आरोप समेत लगाउनु भयो । उहाँले अन्तरघातले पार्टीमा केही समस्या देखिएपनि पार्टी शुद्धीकरणमा यस्ले सहयोग पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

Comments

comments