काठमाडौं । मासु भन्दा माछा त्यसै त स्वास्थयबद्र्धक हो नै । अझ माछा त्योमा पनि स्थानीय खोलाको भनेपछि कसको मन तान्दैन होला र ? एक समय मलेखुको माछाको मजा लिनेहरु भन्थे वाहा क्या रिसलो माछा । त्यहाँ अघाउँञ्जेल खाएर घर वा अन्यत्र उपहारमा पनि यहाँको माछा बोकेको पाइन्थ्यो । सवारी साधनका चालक पनि यात्रुको माछामोहको ख्याल गरी माछा चखाउँन यो ठाउँमा ब्रेक लगाइहाल्थे । तर अहिले गाडीको ब्रेक कम लाग्छ भने लागिहाले पनि माछा खाने कमै हुन्छन् ।

मलेखुको माछा । माछा पारखीलाई बडो गजबले तान्ने यो ठाउँमा सवारी साधनमा ओहरदोहर गर्नेहरु एक पटक त भ्याएसम्म पसेर माछा चाख्ने गर्थे । खाजा खाने बाहना बनाएर भएपनि यहाँ धेरै रोकिने गर्दथे । र, घर वा घर बाहिर जादा पनि माछा लिएर जानेको कुनै कमी हुँदैन थियो । त्रिशुलीको माछाको स्वादमा पल्केकाहरु यहाँको माछाको बयान गर्न बाध्य हुन्थे पनि ।

स्थानीय खोलाको माछा पाइने भनेर प्रख्यात भएको मलेखु क्षेत्र अहिले तराई वा नेपाल बाहिरको माछाले बिस्थापित गरेपछि अहिले यसको प्रख्याति पनि कम भएको छ । प्राय सबै होटलहरुम बाहिरको नै माछाको बर्चस्व छ । लोकल माछा पाउन नै छोडेपछि यहाँका व्यापारी समेत बाहिरको माछाले व्यापार धान्ने ध्याउन्नमा लागेको पाइन्छ ।

माछाकै कारण प्रख्यात भएको यो क्षेत्र माछाकै कारण फेरि साख गुमाउँदै गएकोमा व्यापारीको चिन्ता उस्तै छ । उनीहरुलाई यसैको कारण व्यबसाय धरापमा पर्ने हो की भन्ने पिरलो पनि कम छैन ।

मलेखुको माछाको स्वाद चखाएर व्यापार चम्काएका स्थानीयलाई पनि त्रिशुलीकै माछा बेचेर आफ्नो साख जोगाउने मन नभएको होइन तर अहिले स्थानीय खोलामा माछा मार्ने नै कमी छ । परम्परागत रुपमा माछा मारेर जिविकोपार्जन गर्नेहरु बिस्थापित हुँदै गएपछि यसको असर मलेखुको माछा व्यापारीमा परेको छ ।

Comments

comments