मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुमाथि कार्य क्षेत्रमा हुने हरेक किसिमका शोषण र उनीहरुको पीडा अन्त्य गर्न अनलाइन सर्भेको सुरुवात गरेको छ ।

बिभिन्न भिसामा रहेका नेपालीहरुलाई काम गर्ने कम्पनि या मालिकले बिभिन्न खाले मानसिक, शारीरिक र आर्थिक शोषण गर्ने गरेको गुनासाहरु आउँन थालेपछि साल्भेसन आर्मी अष्ट्रेलिया अन्तर्गतको फ्रिडम पार्टनरसीप संस्थाले अनलाइन सर्भे सुरु गरेको हो ।

यो अभियानले रोजगारदाताले काम गरेबापत पैसा नदिने, तोकिएभन्दा बढि काम गर्न लगाउने, पासपोर्ट र भिसा मागेर इमिग्रेसनमा रिपोर्ट गर्छु डिपोट गर्छु भन्ने लगायतका धम्की दिदै शोषण गर्ने प्रवृत्तिको अन्त्य गर्ने लक्ष्य लिइएको छ ।
संस्थाको नेशनल म्यानेजर जेनी स्टनगरले अष्ट्रेलियामा आएका नेपाली सहितका विदेशीहरुलाई कार्य क्षेत्रमा सहि ब्यबहार नगरिएको र उनीहरु विभिन्न किसिमको शोषणको शिकार भएको पाइएको बताए । तर यस्तो स्थितिमा कहाँबाट सहयोग पाउन सकिन्छ भन्नेबारेमा थाहा नहुँदा उनीहरु जस्तोसुकै शोषण पनि सहेर बस्नुपरेको अवस्थालाई मध्यनजर गरेर साल्भेसन आर्मीले सहयोग गर्न चाहेको बताए ।

शोषणको रुट लेबलको समस्या पहिचान गर्न नेपालीहरुलाई यो सर्भे लाभदायक हुने उसको दाबी छ । करिब ५ मिनेटमा सकिने यो अनलाइन सर्भेमा माथि उल्लिखित बाहेकका अन्य शोषणहरुपनि उल्लेख गरिएको छ । यो सर्भे एकदम गोपनिय हुनेछ भने सहभागि कसैको विवरण सार्बजनिक गरिनेछैन ।

अष्ट्रेलियामा रहेका सबैले यो सर्भेमा सहभागीता जनाउँन सक्ने बताइएको छ ।

Comments

comments