मेलबर्न । अष्ट्रेलिया सरकारले आउँदो नोभेम्वरदेखि विदेशीका लागि नयाँ भिसा उपलब्ध गराउँने भएको छ ।

अष्ट्रेलियामा व्यापार व्यवसायमा लगानी गर्न चाहनेहरुका लागि सरकारले उद्यमी भिसा उपलब्ध गराउँने तयारी गरेको हो । यहाँको सरकारले गत सातादेखि यो भिसाबारे परीक्षण रुपमा राय सुझावहरु संकलन शुरु गरेको थियो ।

उत्कृष्ट र दक्ष उद्यमीहरुलाई अष्ट्रेलियाप्रति आकर्षित गर्ने उदेश्यले यस्तो भिसा उपलब्ध गराउँन लागेको उद्योगमन्त्री क्रिष्टफोर पाइनले बताए । अष्ट्रेलियाको समृद्धिका लागि उद्यो व्यवसायको महत्वपूर्ण स्थान रहेको बताउँदै मन्त्री पाइनले विदेशबाट क्षमतावान उद्यमीहरु अष्ट्रेलिया भित्र्याउँन सके त्यो अष्ट्रेलियाका लागि सुखद हुने बताए ।

अष्ट्रेलियामा आएर ज्ञान,सीप र दक्षताका साथै अनुभव हासिल गरिसकेका क्षमतावान विदेशीहरुलाई पनि अष्ट्रेलियामै कसरी राखिरहन सकिन्छ ? भन्नेबारे समेत सरकार गम्भीर रहेको मन्त्री पाइनले उल्लेख गरे । नयाँ भिसा नीतिले यसमा सहज थपिने उहाँको विश्वास छ ।

उद्यमी भिसा औपचारिक रुपमा आगामी नोभेम्वरदेखि लागू हुँदैछ । यो भिसा लागू भएपछि अष्ट्रेलियामा लगानी गर्न चाहने वा व्यवसाय गरिरहेका नेपालीहरु समेत लाभान्वित हुनेछन् ।

Comments

comments