काठमाडौं । भारतमा चङ्गाको धागोले काटेर दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ । उडिरहेको चंगाको धागोले घाँटी काट्दा उनीहरुको ज्यान गएको हो ।

भारतको नयाँ दिल्लीमा भारतीय स्वतन्त्रता दिवसको अवसरमा उडाइएको सिसाको माड तथा मञ्जा लगाएको चंगाको धागोले घाँटी काटेर उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा तीन वर्षका साञ्ची गोयल, चार वर्षका ह्यारीसहित २२ वर्षका जाफर खान रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने दुई बालकले कारबाट बाहिर हेरिरहेका बेला चंगाको धागोले उनीहरुको घाँटी रेटेको थियो भने अर्का २२ वर्षे युवकको मोटरसाइकल चलाइरहेका बेला त्यसरी नै घाँटी रेटेको थियो ।

घटनापछि दिल्लीमा सिसाको माड लगाएको धागोसहितको चंगा उडाउन प्रतिबन्ध लगाइएको छ । नयाँदिल्लीमा चंगाको धारिलो धागोमा बेरिएर एकजना प्रहरी घाइते भएका छन् । गत वर्ष पनि भारतमा यस्तै घटनामा केहीको मृत्यु भएको थियो भने सयौं चराहरु घाइते भएका थिए ।

Please follow and like us:

Comments