एजेन्सी । जर्मनी ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको सेमिफाइनलमा क्यानडालाई २–० ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।

जर्मनीको जितमा मेलानिए बेहरिनगर र सारा डाब्रिट्जले गोल गरेका थिए । अब जर्मनीले स्वर्ण पदकका लागि शुक्रबार राति स्वीडेनसँग खेल्नेछ ।

स्वीडेन बुधबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई टाइब्रे पन्छाउँदै फाइनल भिडन्त पक्का गरेको हो।
कास्य पदकका लागि शुक्रबार रातिनै आयोजक ब्राजिल र क्यानडा खेल्ने भएका छन् ।

Comments