काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभा आगामी कात्तिक दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

मंगलबार बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभा कार्तिक ८ गते गर्ने निर्णय गरेको हो । साधारणसभाले नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने निर्णय पनि वैठकले गरेको छ ।

एन्फाको कार्यसमिति बैठकले सबै प्रक्रिया पुगेको भन्दै आगामी कात्तिक ८ गते साधारण सभा गर्ने निर्णय गरेको हो । सोही साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । बैठकले निर्वाचनको नियमावली समेत अनुमोदन गरेको छ भने सुजित केसीको संयोजकत्वमा निर्वाचन समिति पनि बनाएको छ ।

यस्तै, एन्फाको सोही वैठकले हिमालयन शेर्पा र फ्रेन्ड्स क्लवमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न गोपालकृष्ण घिमिरेको संयोजकत्वमा अपिल कमिटी पनि गठन गरेको छ । फिफाको ’इथिक्स कमिटी’ले भ्रष्टाचार अभियोगमा गत कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबै गतिविधिबाट १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यसपछि रिक्त रहेको एन्फा अहिले कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको भरमा चलिरहेको छ ।

Comments

comments